

कैलाशधाम निर्माण हेतू दान दिनुहुने दाताका लागि
- रु. १ देखि रु. ५०० सम्म दान पेटिकामा राखिने ।
- रु. ५०१ देखि रु. ३,००० सम्म दान गर्ने दातालाई रसिद र रुद्राक्ष माला दिईने ।
- रु. ३००१ देखि ५,००० सम्म दान गर्ने दातालाई दानपत्र र रुद्राक्ष माला दिईने ।
- रु.५००१ देखि १५,००० सम्म दान गर्ने दातालाई रुद्राक्ष माला, रामनामी र दानवीर पत्रसहित सम्मान गरिने ।
- रु.१५००१ देखि २५,००० सम्म दान गर्ने दाताको नाम शिलालेखमा राखी माथि उल्लिखित सबै सम्मान अर्पण गर्ने ।
- रु.२५,००१ देखि १ लाख सम्म दान गर्ने दातालाई माथि उल्लिखित सबै सम्मान अर्पण गर्दै धामको आजीवन सदस्य बनाइने ।
- रु.२१,१०८ दान गर्ने दाताले १ दाम जग्गा दान बराबरको सम्मान प्राप्त हुनेछ ।
- रु. ६४,१०८ दान गर्ने दाताले १ पैसा जग्गा दान बराबरको सम्मान प्राप्त हुनेछ ।
- रु. २,५१,००० भन्दा माथि दान गर्ने दाताले १ आना जग्गा दान गरे बराबरको सम्मान प्राप्त हुनेछ ।
- रु.१,५१,००० भन्दा माथि दान गर्ने दाताले नव निर्मित कैलाशधाममा ६४ मध्ये एक ज्योतिर्लिङ्ग स्थापना गर्न अवसर प्रदान गरिने छ ।
- रु. ५,५५,००० भन्दा माथि दान गर्ने दाताको नाममा कैलाशधामको अतिथी कक्ष नामाकरण गरिनेछ ।
- रु. १०,००,००० भन्दा माथि दान गर्ने दानवीरहरुका लागि जग्गादाता वा भवन निर्माणकर्ताको रुपमा शिलालेखमा नाम राखी उच्च सम्मान गरिनेछ ।
- एक ईंटा दान बराबर रु.११११ दान गर्न सक्नुहुनेछ ।
- गौशाला निर्माण गर्नका लागि यथाशक्य दान गौ सेवार्थ गर्न सक्नुहुनेछ ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल एक सामाजिक गैरनाफामूलक संस्था हो । वि.सं. २०७० साल पौष १७ गतेबाट राष्ट्रिय पोशाक दिवसको स्थापना गर्दै नेपालको मौलिक संस्कृति र पहिचानलाई जीवन्तता दिएर बाह्रौँ राष्ट्रिय पोशाक दिवस तथा टोपी दिवस सम्पन्न गरिसकेको छ ।
साथै वि.सं २०७५ सालबाट राष्ट्रिय ध्वजाको संरक्षण गर्दै राष्ट्रिय झण्डा दिवस स्थापना गरी नेपालको पहिचान र सम्पदालाई संसार सामू चिनाउन अनवरत लागि परेको छ । राष्ट्रिय विभूतिहरुको संरक्षण, ओझेलमा परेका धार्मिक सम्पदाको संरक्षण, धार्मिक तथा आध्यात्मिक जागरणमा संस्था सदैव सव्रिmय छ । गौ संरक्षण र गौशाला सञ्चालनका साथै चौसठ्ठी ज्योतिर्लिङ्गको नित्य सेवामा संस्था कार्यरत छ । संस्थाले आगामि वर्ष कैलाशधाम निर्माण गर्नका लागि यस धार्मिक कार्यव्रmम सञ्चालन गरेको हो । यहाँ दानवीरहरुले यथाशक्य दानसेवा अर्पण गर्न सक्नुहुनेछ ।



